
सांकेतिक तस्विर
एजेन्सी । अमेरिकाले आफ्नो देशमा जारी कोरोनाविरुद्धको खोप अभियानमा चिनियाँ कम्पनीले उत्पादन गरेको सिरिन्ज प्रयोगमा रोक लगाएको छ ।
अमेरिकाको फुड एण्ड ड्रग एडनिनिस्ट्रेशन एफडिएले चीनको स्वास्थ्य उपकरण बनाउने ग्वाङदोङ हाइयु मेडिकलद्वारा निर्मित सिरिन्जमार्फत खोप लगाएका व्यक्तिको हात सुन्निने र सुई समेत भाँचिने गरेको भन्दै प्रयोगमा रोक लगाएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
अमेरिकाले फाइजर र बायोन्टेक खोप लगाउन प्रयोगमा ल्याइएको चाइनिज सिरिन्जका कारण खोप लगाएका व्यक्तिहरुमा हात दुख्ने र हात सुन्निने समस्या देखा परेको एफडिएका अधिकारीहरुको भनाइ छ । अमेरिकामा हाल करीब २८ करोडले कोरोना विरुद्धको खोप लगाइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्