१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बाँकेमा थप ९ जना कोरोना संक्रमितको मृत्यु


0
Shares

काठमाडौं । बाँके जिल्लामा कोरोना संक्रमणबाट थप ९ जना संक्रमितको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोभिड फोकल पर्सन तेज ओलीका अनुसार हिजो रातिदेखि आज बिहान सम्म ९ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा तुल्सिपुर उपमहानगरपालिका १०, दाङ निवासी ५२ बर्षका पुरुष हुनुहुन्छ । उहाँको भेरी अस्पतालमा उपचारका क्रममा हिजो राती मृत्यु भएको हो । उहाँ बैशाख २७ गते कोरोना पोजेटिर्भ देखिएपछि अस्पतालमा भर्ना हुनु भएको थियो ।

त्यसैगरि, कोहलपुर नपा ६ बाकेकी ५२ बर्षीय महिला हुनुहुन्छ । उहाँ जेठ ३ गते कोरोना पुष्टि भई ६ गते अस्पतालमा भर्ना हुनु भएको थियो । उहाँको आज राती कोहलपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

त्यस्तै, भिमदत्त नपा २ कंचनपुर निवासी ५४ बर्षका पुरुष, उहाँलाई बैशाख,२८ गते कोरोना पोजेटिर्भ देखिएको थियो । उहाँको पनि आज राती ३ बजे मृत्यु, जोशिपुर गापा १ कैलाली निवासी ५० बर्षका पुरुष, बैशाख २४मा संक्रमण पुष्टि २४ भई २६ गते कोहलपुर अस्पतालमा भर्ना हुनु भएको थियो । उहाँको राती एक बजे मृत्यु भएको थियो ।

नेपालगंज उमनपा ६ बाके निवासी ५० वर्षका पुरुष , उहाँ बैशाख २५ गते भेरी अस्पतालमा भर्ना हुनु भएको थियो । राती एक बजेर पन्ध्र मिनेटमा मृत्यु, मधुवन नपा ७ बर्दिया निवासी ५७ वर्षका पुरुष, उहाँ बैशाख २२ गते संक्रमण पुष्टि भई २३ गते भेरी अस्पताल भर्ना हनु भएको थियो । ३ बजेर ३५ मिनेटमा मृत्यु

लमही नपा २ दाङ निवासी ६८ बर्षीय महिला , बैशाख १९मा कोरोना पुष्टि भई ३० गते कोहलपुर अस्पतालमा भर्ना भई उपचार गरिहेकाबेला बिहान ७ बजे मृत्यु, र खजुरा गापा २ बाके निवासी ५३ वर्षका पुरुषको उपचारका क्रममा शनिवार बिहान ८ बजे मृत्यु भएको हो । बैशाख १६ गते संक्रमण पुष्टि भई जेठ ४ गते भेरी अस्पतालमा भर्ना भएर उपचार गराई रहनु भएको थियो । यो संगै बांके जिल्लाको मृत्यु हुनेको संख्या २ सय ७३ पुगेको छ ।