२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


रौतहटको चन्द्रपुरमा अस्थायी कोरोना अस्पतालमा अक्सिजन प्लान्ट निर्माण हुने


0
Shares

रौतहट । रौतहटको चन्द्रपुरमा रहेको अस्थायी कोरोना अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको तयारी थालिएको छ ।

प्रतिनिधिसभा सदस्यको कोषबाट २० लाख रुपैयाँ प्रदेशसभा सदस्यको कोषसहित नगरपालिकाको बजेटबाट प्लान्टको निर्माण गर्न लागिएको हो ।

पछिल्लो समय कोरोनाको संक्रमण बढेसँगै बिरामीलाई अक्सिजनको आवश्यकता पर्ने भएकाले दीर्घकालिन हुने गरी अक्सिजन प्लान्ट निर्माण गरिने भएको हो ।

अक्सिजनको अभाव हुन नदिन प्लान्टको जरुरी भएपछि सर्वदलीय सहमतिमा स्थानीय स्रोत जुटाउँदै यस्को निर्माणमा लागिएको हो ।

चन्द्रपुरमा ४६ बेडको अस्थायी कोरोना अस्पताल निर्माण गरिएको र जिल्लाभरका कोरोना अस्पतालमा आवश्यकताअनुसार अक्सिजन पु¥याउने गरी प्लान्ट निर्माण गरिने प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमल्सिनाले बताउनु भयो ।

जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा उपचारका लागि अक्सिजनको चरम अभाव हुन थालेपछि प्लान्ट निर्माण थालिएको हो ।