१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


रियल मड्रिड र एट्लेटिको मड्रिड उपाधिको होडमा


0
Shares

एजेन्सी । स्पेनीस ला लिगाको उपाधिको छिनोफाना आज राति हुँदैछ । लिग चरणको अन्तिम खेलमा उपाधिको होडमा रहेका दुई क्लव रियल मड्रिड र एट्लेटिको मड्रिले आ–आफ्नो खेल खेल्नेछन् ।

लिगको अन्तिम चरणमा रियलले भिल्ला रियलसँग खेल्नेछ भने एट्लेटिको मड्रिडले रियल भालाडोलिडसँग खेल्नेछ । आजको खेलमा नौ बर्षपछि ला लिगाको उपाधि जित्नका लागि एट्लेटिकोलाई आफ्नो खेलमा जित आवश्यक रहेको छ ।

रेलिगेसन जोनमा रहेको भालाडोलिडविरुद्ध एट्लेटिकोले सहज जितको लक्ष्य राखेको छ । यदि आजको खेलमा एट्लेटिकोले हार ब्यहोरेको खण्डमा उसलाई उपाधि जित्नका लागि रियलको खेलको नतिजा कुर्नुपर्ने हुन्छ ।