
सुर्खेत । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिक तरिकाले प्रतिनिधिसभा विघटन गरेको भन्दै नेपाली कांग्रेस सुर्खेतले निषेधाज्ञामै कालोपट्टी बाँधेर विरोध जनाएको छ ।
वीरेन्द्रनगरको नेपाली कांग्रेस पार्टी कार्यालयन नजिकबाट सुरु भएको विरोध र्याली नेताचोकमा पुगेर सभामा परिणत भएको छ । टाउकामा कालो पट्टी बाँधेरका प्रदर्शनकारीले प्रधानमन्त्री ओलीको विरोध गर्दै संसद पुर्नस्थापना गर्नुपर्ने नारा लगाएका थिए ।
सभाम बोल्दै नेपाली कांग्रेसका नेता तप्तबहादुर विष्टले कोरोना महामारीका बेला मध्यावधि चुनावका लागि सरकारको तयारी महंगो सावित हुने बताउनुभएको छ । उहाँले संविधानको सामूहिक बलात्कारको दुष्परिणाम महंगो पर्ने चेतावनी दिनुभएको हो ।
लोकतन्त्रको रक्षाका निम्ति नेपाली कांग्रेस जनताको साथमा रहेको भन्दै महामारीमा सक्ता र शक्तिको दुरुपयोग गरेको बेलामा सब एकजुट हुनुपर्ने
प्रतिक्रिया दिनुहोस्