१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी दलहरु सर्वोच्च जाने, हस्ताक्षर संकलन गरिदैं


0
Shares

काठमाडौं । प्रतिनिधिसभा विघटन र निर्वाचनको विरुद्ध विपक्षी गठबन्धन आज सर्वोच्च अदालत जाँदैछ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र एमालेको असन्तुष्ट पक्षका १४९ सांसद हस्ताक्षरसहित आज अदालत जान लागेका हुन् ।

हिजो ५ दलको सर्वपक्षीय बैठकले १४९ सांसदको हस्ताक्षरसहित सर्वोच्च जाने निर्णय गरेको थियो । बैठकले प्रतिनिधि सभा विघटनविरुद्ध राजनीतिक र कानुनी लडाईँ लड्ने निष्कर्ष निकालेको थियो ।

राष्ट्रपतिले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी गठबन्धनकातर्फबाट शेरबहादुर देउवाले प्रस्तुत गरेको दाबी विधिसम्मत नभएको भन्दै खारेज गर्नु भएको थियो । यसैबीच, संयुक्त गठबन्धनले आज संसदीय दलको बैठक पनि बोलाएका छन् ।