१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ओली-भण्डारी कदम मानवीय संवेदनाहीन क्रूरताः साझा


0
Shares

काठमाडों । विवेकशील साझा पार्टीले संसद विघटन गरेर प्रधानमन्त्री केपी ओली र राष्ट्रपति भण्डारीको अधिनायकवादी शैलीमा सत्ता सञ्चालन गर्ने पुरानै आकाङ्क्षाको सुनियोजित निरन्तरता भएको बताएको छ ।

संविधान र लोकतन्त्रको हत्या गरी अधिनायकवादी शैलीमा शासन सत्ता संचालन गर्ने भण्डारी र ओलीको मनसाय रहेको साझाको ठहर छ ।

साझाको केन्द्रीय समितिको बैठकको निर्णय सार्वजनिक गर्दै साझाले सर्वोच्च अदालतले संसद् विघटनबारे यसअघि जस्तै यस पटक पनि संवैधानिक सर्वोच्चता र लोकतन्त्रको पक्षमा फैसला गर्ने विश्वास लिएको छ।

कोभिड(१९ ले मुलुक आक्रान्त भएको बेला औषधी, अक्सिजन, अस्पताल(शैया नपाएर नागरिकहरू रोइरहेका बेला निर्वाचनको घोषणा गर्नु मानवीय संवेदनाहीन क्रूरता हो, साझाले भनेको छ ।

विवेकशील साझा पार्टी अहिलेको अवस्थामा कोरोना विरुद्धको खोप सरकारको पहिलो प्राथमिकता हुनुपर्छ भन्नेमा प्रष्ट छ।