
काठमाडौं । सर्वोच्च अदालतले पुनस्र्थापना गरेको संसदको दोस्रो पटकको विघटन सार्वभौम जनतामाथि गरिएको निरंकुश र अधिनायकवादी डकैती भएको विद्यार्थीले बताएका छन् ।
संयुक्त विद्यार्थी आन्दोलनले संयुक्त वकतव्य जारी गदै संसद विघटनको घोर निन्दा र भत्र्सना गरेका छन् ।
संसदको विघटन गरेर सरकार निरंकुश, अधिनायकवादी र स्वेच्छाचारी बनेको र ओलीको सरकारले देश र जनताप्रति लगातार घात गरेको वकतव्यमा उल्लेख गरिएको छ ।
प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा भएको संसदको विघटनले वर्तमान सरकार असफल भइसकेको प्रमाणित भएको छ वक्तव्यमा भनिएको छ ।
‘कोरोना भाइरस नियन्त्रणमा ध्यान नदिएको कारण अस्पतालमा बेड, अक्सिजन, औषधिको हाहाकार मच्चिरहेको अवस्थामा मध्यावधि निर्वाचनको घोषणा देश र जनताप्रति गैरजिम्मेवारीको पराकाष्ठा हो, भने जनताको स्वास्थ्यमाथिको गम्भीर खेलवाड र अपराध हो’ संयुक्त वकतव्यमा उल्लेख छ ।
संयुक्त विद्यार्थी आन्दोलनले सरकारले जनतामाथि गरेको स्वास्थ्य अपराध तथा संसदको विघटनका विरुद्ध एक जुट भएर प्रतिरोध गर्न आव्हान गरेको छ ।
वकतव्यमा नेपाल विद्यार्थी संघका अध्यक्ष राजिव ढुंगाना, अखिल (क्रान्तिकारी) का रञ्जित तामाङ, अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली र समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ र अखिल (छैठौं) का अध्यक्ष विमल पोखरेले संयुक्त हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्