१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


फ्रान्सेली लिग फुटबलको उपाधि लिललाई


0
Shares

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई पछि पार्दै लिलले फ्रान्सेली लिगको उपाधि जितेको छ ।

गएराति भएको अन्तिम चरणको खेलमा एन्जर्समाथि २–१ को जित दर्ता गर्दै लिल लिग च्याम्पियन बनेको हो ।

पिएसजीले आफ्नो खेलमा ब्रेस्टमाथि २–० को जित हासिल गरेपनि उपाधि भने हात पार्न सकेन । लिलले पिएसजीलाई १ अंकले पछि पार्दै आधिपत्य तोडेको छ ।

लिलले लिगको ३८ खेलमा ८३ अंक जोड्दा पिएसजी ८२ अंकमा सीमित भयो । लिलले २४ जित, ११ बराबरी खेल्दा ३ खेलमा मात्र हार बेहोर्यो । यता पिएसजीले भने २६ खेलमा जित हात पार्दै ४ बराबरी खेल्दा ८ खेलमा पराजय भोगेको थियो ।