१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने


0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको एक वर्षे अवधिको मुद्दती र निक्षेपमा ६४ करोड ६३ लाख ५९ हजार रूपैयाँ लगानी गर्ने जनाएको छ ।

मुद्दती निक्षेपमा ५१ करोड ४४ लाख ६२ हजार ९६० रूपैयाँ र कल निक्षेपमा १३ करोड १८ लाख ९६ हजार ७४० रूपैयाँ लगानी गर्न लागेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागबाट सञ्चालित विभिन्न आयोजना रकम मुद्दती र कल निक्षेपमा राख्न लागिएको हो ।

राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको मुद्दती तथा कल निक्षेपमा लगानी गर्ने भन्दै हिजो सर्कुलर जारी गरेको छ ।

रकम लिन बैंक तथा वित्तीय संस्थाले चाहेको रकम तथा रकमका लागि प्रस्ताव गरिएको ब्याजदरसमेत खुलाई आवेदन दिनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।