
एजेन्सी । अमेरिकी जासूसी कम्पनीले एक रिपोर्ट सार्वजनिक गर्दै विश्वमा कोरोना महामारी फैलनुअघि नै चीनको वुहान प्रयोगशालाका तीन शोधकर्ता बिरामी परेको दावी गरेको छ ।
वाल स्ट्रिट जर्नलमा प्रकाशित रिपोर्टमा वुहान इन्स्टिच्युट अफ भाइरोलोजीका तीनजना शोधकर्ता सन् २०१९ नोभेम्बरमा बिरामी भएपछि अस्पतालको मद्दत मागेको उल्लेख गरिएको छ ।
रिपोर्टमा प्रयोगशालाका बिरामी, शोधकर्ताको संख्या, बिरामी भएको समय र अस्पताल गएको विवरण समेत उल्लेख गरिएको छ । सोही प्रयोगशालाबाट कोरोना भाइरस फैलिएको आशंका अमेरिकाले गर्दै आएको छ ।
यसैबीच अमेरिकाको संक्रामक रोग विशेषज्ञ डा.एन्टोनी फाउजीले कोरोना भाइरस प्राकृतिक नभएको दाबी गर्नुभएको छ । उहाँले कोरोना भाइरस प्राकृतिक नभई प्रयोगशालामा तयार गरिएको हुन सक्ने आशंका गर्नुभएको हो ।
हालसम्मको अध्ययन अनुसन्धानबाट चीनमा कोरोना भाइरस जनावर वा मानिसबाट सरेको देखाए तापनि यसमा आफुले बिश्वास गर्ने कुनै आधार नदेखेको डा फाउजीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्