१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


म्याग्दीमा ७ दिन थपियो निषेधाज्ञा


0
Shares

म्याग्दी । म्याग्दीमा ७ दिनका लागि निषेधाज्ञा थप गरिएको छ । वैशाख ३१ गतेदेखि जारी निषेधाज्ञा सोमबार राति सकिने भएपछि कोभिड–१९ संकट व्यवस्थापन समिति(डीसीसीएमसी)ले जेठ १७ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको हो ।

जिल्लामा कोरोना संक्रमणको दर बढ्ढै गएपछि रोकथाम तथा नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको समितिको भर्चुअल बैठकले कडा किसिमले निषेधाज्ञा कार्यान्वयन गराने निर्णय पनि गरेको छ ।

जारी निषेधाज्ञामा सदरमुकाम बेनीसँगै जिल्लाका सबै स्थानीय तहमा यातायातका सवारी साधन सञ्चालन हुन सकेका छैनन् भने अत्यावश्यक बाहेकका सबै पसलहरू बन्द भएका छन् ।

तरकारी, फलफुल, दुध, डेरीजन्य उत्पादन, ग्यास लगायतका अत्यावश्यक सेवाका पसलहरू स्वास्थ्य सुरक्षा मापदण्डहरूको पूर्ण पालन गरी विहान ५ बजेदेखि ८ बजेसम्म सञ्चालन गर्न अनुमति दिइएको छ ।