१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गोली प्रहारबाट घाइते कपिलवस्तुका माओवादी नेता पाण्डेको निधन


0
Shares

काठमाडौं । गोली प्रहारबाट पाचँ दिन अघि गम्भीर घाइते भएका माओवादी केन्द्र कपिलवस्तुका जिल्ला सदस्य दिपक पाण्डेको निधन भएको छ ।

पाण्डेलाई थप उपचारका लागि हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो । ल्याइएको एक घण्टामा नै सोमबार राति उनकाे ज्यान गएको हाे ।

गत बुधबार राति तीन जनाको समूहले पाण्डे र एक भारतीय नागरिकमाथि गोली प्रहार गरेका थिए ।

पेट र कम्मरमा २ वटा गोली लागेका पाण्डेको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार हुन नसकेपछि सोमबार राति ८ बजे हेलिकप्टरमार्फत त्रिवि शिक्षण अस्पतालमा ल्याइएकाे थियाे ।

पाखुरामा एउटा गोली लागेका अर्का भारतीय नागरिकको अवस्था भने सामान्य रहेकाले उपचारपछि घर फर्केका छन् ।

गाेली हान्नेकाे आरोपमा प्रहरीले कपिलवस्तु नगरपालिका वडा १ का ३९ वर्षीय ओमप्रकाश यादव र कपिलवस्तु नगरपालिका–२ का ३३ वर्षीय साकिर अली गरि २ जनालाई पक्राउ समेत गरिसकेको छ ।

उनीहरूले व्यक्तिगत रिसिइबीका कारण पाण्डेमाथि गोली चलाएको बयान दिएकाे छन् ।