१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सञ्चारकर्मी गिरफ्तार गरेसँगै बेलारुसमाथि युरोपियन युनियनको प्रतिबन्ध


0
Shares

एजेन्सी । सञ्चारकर्मीलाई गिरफ्तार गरेसँगै युरोपियन युनियनले बेलारुसमाथि प्रतिबन्ध लगाउने भएको छ ।

आफ्ना विरोधी पत्रकारलाई नियन्त्रणका लागि प्रयोग भएको विमान र विमानस्थलमाथि युरोपियन युनियनमा आवद्द २७ देशमा उडान प्रतिबन्ध लगाइएको अलजजिराले जनाएको छ ।

ग्रीसबाट लिथुआनियातर्फ यात्रा गरिरहेको ¥यानएयरको विमान आइतबार कयौं घण्टा बेलारुसतर्फ मोडिएको थियो ।

विमानमा सवार पत्रकारलाई पक्राउ गर्न विमान बेलारुसतर्फ मोडेर विमानमा सवार आफ्ना नागरिकको जीवनमा खेलवाड गर्न खोजेको भन्दै अमेरिका र युरोपियन युनियनले कडा विरोध जनाएका थिए ।

युनियनले विमान प्रकरणसँगै बेलारुसमाथि राज्य आतंकको आरोप लगाउका छन् ।

नेक्स्टा ग्रुपका पूर्वसम्पादक रोमन प्रोटासेभिचलाई हिरासतमा लिएपछि मात्र उक्त विमानलाई पुनः उडानको अनुमति दिइएको थियो ।

बेलारुसका सञ्चारमाध्यहरुमा उक्त विमानमा बम भएको समाचार फैलिएसँगै लडाकू विमानहरुले घेरेर बेलारुसको राजधानी मिन्स्कमा आपतकालीन अवतरण गराइएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्ल्ेख गरेका छन् ।