
एजेन्सी । भारतको टाटा स्टीलले आफ्ना कोभिड–१९ बाट मृत्यु भएका कर्मचारीका परिवारलाई मासिक तलब उपलब्ध गराउने भएको छ ।
कम्पनीले मृतक कर्मचारीको उमेर ६० वर्ष नहुन्जेल आश्रित परिवारलाई मासिक तलब, घर र स्वास्थ्य सुविधाहरू उपलब्ध गराउने निर्णय गरेको बीबीसीले जनाएको छ । मृतक कर्मचारीका बालबच्चाको स्नातक तहसम्म पढ्न लाग्ने सम्पूर्ण खर्च पनि कम्पनीले नै बेहोर्ने भएको समाचारमा उल्लेख छ ।
टाटा स्टीलको यो कदमको भारतभर प्रशंशा गरिएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले कम्पनीले आफ्नो जिम्मेवारी महसुस गरेकोमा धन्यवाद दिँदै कम्पनीको प्रगतिको कामना पनि गरेका छन् ।
यसअघि भारतमा ओयो रुम्सले कोभिडबाट मृत्यु भएका कर्मचारीको परिवारलाई सहयोगको घोषणा गरेको थियो । यस्तै, ग्लास कम्पनी बारोसिलले पनि कोभिडबाट मृत्यु भएका परिवारलाई आगामी दुई वर्षसम्म तलब उपलब्ध गराउने जनाएको थियो ।
प्रतिक्रिया दिनुहोस्