
एजेन्सी । आर्मेनिया र अजरबैजानबीच सीमा नाकामा भएको विवादका क्रममा एक सैनिकको मृत्यु भएको छ ।
विवादास्पद नागोरोनो काराबाख क्षेत्रमा गत सेप्टेम्बरको युद्धपछि दुवै देशबीच तनाव बढ्दै गएको छ । आर्मेनियाको रक्षा मन्त्रालयले अजरबैजानको पूर्वी किनारामा गोलाबारी भएको दावी गरेको छ ।
अजरबैजानी सेनाले गोली प्रहार गर्दा एक सैनिकको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । यता अजरबैजानका सैनिकले गैरकानुनी रुपमा सीमा नाकामा प्रवेश गरेकाले गोली प्रहार गर्नुपरेको अर्मेनियाले दावी गरेको छ ।
तर अजरबैजानको आरोपमा कुनै सत्यता नभएको अर्मेनियाको दावी छ । उसलै सैनिक अधिकारीको मृत्यु र सीमा विवाको विषय सम्बन्धित नभएको जिकिर गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
नागोर्को काराबाखलाई लिएर लामो समयदेखि चलिरहेको संघर्षले गत सेप्टेम्बरका अन्त्यमा भएको सुरु भएको ६ हप्ता लामो द्वन्द्वका क्रममा ६ हजार भन्दा बढीको मृत्यु भएको थियो ।
सन् १९९० को दशकदेखि नागोरोनो काराबाख क्षेत्रलाई अजरवैजानको सेनाले नियन्त्रणमा लिएर अर्मेनियालीहरुमाथि दमन गरेको बताइएको छ।
प्रतिक्रिया दिनुहोस्