
काठमाडौं । काठमाडौंको क्षेत्रपाटीमा रहेको क्षत्रपाटी निःशुल्क चिकित्सालयले कोभिड उपचार निःशुल्क सुरू गरेकोे छ ।
आज एक कार्यकम बीच शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले कोभिड उपचार निःशुल्क सेवाको सुरुवात गर्नुभएको हो ।
काठमाडौं महानगरपालिका आथिक र अन्य दाताहरुको सहयोगमा चिकित्सालयलाई निःशुल्क विशेष कोभिड उपचार केन्द्र बनाएर हो । आईसियुसहितका ३५ वेडमा कोभिडका विरामीहरुको उपचार थालिएको चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठले जानकारी दिनु भयो ।
चिकित्सालयमा ५० बेड क्षमता रहेको छ । सबै कोभिड संक्रमितलाई आईसीयू सहितको निःशुल्क उपचार गर्ने भएकोले चिकित्सालयले सबैलाई आवश्यक सहयोगका लागि अपिल समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्