२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक जारी


0
Shares

congress meeting

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक अहिले बसिरहेको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक जारी रहेको हो ।

संसद् विघटन, विपक्षी गठबन्धनको रणनीति, अदालती प्रक्रिया र समसामयिक राजनीतिक विषयमा बैठकमा छलफल भइरहेको जनाइएको छ।

संसद् विघटनलगायत घटनाक्रमपछि कांग्रेस सभापति देउवाको सक्रियता बढेको छ । देउवाले मंगलबार विपक्षी गठबन्धनका शीर्ष नेताहरुसित नयाँ बानेश्वरमा छलफल गर्नुभएको थियो ।