१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सगरमाथामा हिमपात भएपछि आरोहीहरु फर्किए


0
Shares

काठमाडौं । मंगलबारदेखि मौसम खराव भएसँगै सगरमाथा क्षेत्रमा भारी हिमपात भएको छ ।

हिमपातको कारण आधार शिविरबाट सगरमाथाको उचाइमा जाने सबै आरोहण दलको यात्रा स्थगित भएको छ ।

सगरमाथा आधार शिविरमा रहेका सम्पर्क अधिकृत खिमलाल गौतमका अनुसार करिब आरोहण गर्न सगरमाथाको शिखरतर्फ लम्केका आरोहण दलहरु पनि तल झरेका छन् ।

आरोहण दल क्याम्प टूमा आएर बसेको गौतमले बताउनुभयो । क्याम्प टू फर्किने आरोही र शेर्पा सहयोगी गरेर तीन दर्जन बढी संख्या भएको गौतमले जानकारी दिनुभयो ।

यस्तै सगरमाथा आधार शिविरमै रहेका नेपाली सेनाको ‘सफा हिमाल २०२१’ अभियानका समन्वय अधिकृत सेनानी आदित्य कार्कीले हिजैबाट सगरमाथा क्षेत्रको मौसम खराब भएको जानकारी दिनुभयो ।

कोभिड–१९ को सम्भावित असरबाट सावधनी अपनाउन एउटा टेन्टबाट अर्को टेन्ट जान निषेध भएको समेत उहाँले बताउनुभयो । सफा हिमालको टोलीले पीपीई लगाएरै पनि काम गरेको उहाँले बताउनुभयो ।