
दाङ । दाङमा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल सवार कार दुर्घटनामा परेको छ ।
अध्यक्ष पोखरेलसहित, महासंघ दाङ अध्यक्ष दुर्गा केसी, उपाध्यक्ष सन्तोष सुवेदी र सल्लाहकार सुदीप गौतम चढेको कारलाई तुलसीपुरको उद्योग वाणिज्य संघ नजिकै रा १ च ९५५ को स्कोर्पियोले ठक्कर दिएको हो ।
दुर्घटनामा निवर्तमान अध्यक्ष सुदिप गौतमलाई सामान्य चोट लागेको छ भने बाँकी सकुशल रहेका छन् । गौतमको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले जानकारी दिनुभयो ।
दुर्घटनाबाट सवारीमा क्षति पुगेको छ । पत्रकारको टोली नेपाल पत्रकार महासंघ दाङका साधारण सदस्य हेमन्त शर्मालाई भेटेर फर्किदै थियो । ठक्कर दिने गाडीलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्