
धनकुटा । दोस्रो लहरको कोभिड–१९ फैलिएपछि नेपाल सरकारले पहिलो पटक धनकुटा अस्पताललाई स्वाथ्य सामग्री प्रदान गरेको छ ।
प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले २५ लाख रुपैयाँ मूल्य बराबरको स्वास्थ सामग्री जिल्ला अस्पताल धनकुटाका निमित प्रमुख डा. पुजन विश्वकर्मलाई हस्तान्तरण गर्नुभएको हो ।
हस्तान्तरण गरिएको स्वाथ्य सामग्रीमा अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्टेटर, पिपिई, माक्स लगायतको स्वाथ्य सामग्री रहेको अस्पतालका निमित प्रमुख डा. पुजन विश्वकर्माले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्