
तस्विर खिमलाल गौतमकाे फेसबुकबाट
काठमाडौं । सगरमाथामा बिहीबार बिहानदेखि भारी हिमपात भइरहेको छ ।
बुधबारदेखि सुरु भएको हिमपातका कारण आरोहण समेत प्रभावित भएको छ भने आरोहण गरेर फर्किएका आरोहीहरु पनि दोश्रो शिविरमै रोकिएका छन् ।
आरोहण गरिसकेका आरोहण कम्पनीका कामदारहरले दोस्रो शिविरदेखि सामान लिएर फर्किन नसकेकाे सम्पर्क अधिकृत खिमलाल गौतमकाे फेसबुकमा उल्लेख छ । उहाँकाअनुसार केही आरोहीहरु फर्किने क्रममा घाइते भई उद्धारका लागि हेलिकप्टर मगाए पनि खराब मौसमका कारण लुक्लादेखि आधारशिविर नै हेलिकप्टर जान सकेकाे छैन ।
प्रतिक्रिया दिनुहोस्