२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


कोरोनाका कारण सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुखको मल्लको निधन


0
Shares

बिराज रोस्यारा

कैलाली। सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको कोरोनाबाट निधन भएको छ ।

काठमाडौंस्थित निदान अस्पतालमा उपचारका क्रममा मल्लको निधन भएको हो । एक हप्ता अगाडी कोरोना पुष्टि भएपछि मल्ललाई अस्पताल गरिएका मल्लको उपचारकै क्रममा गएराती निधन भएको हो ।

निमोनिया र मुटुसम्बन्धी समस्याले ग्रसित मल्लको आजै अन्त्येष्टि गरिने छ । मल्ल २०७४ सालमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपतिले सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्त हुनुभएको थियो ।

त्यसको २ वर्षपछि २०७६ कार्तिकमा केपी शर्मा ओली नेतृत्वको सरकारले उहाँलाई पदमुक्त गरेको थियो । उहाँको एक छोरा र एक छोरी हुनुहुन्छ ।