१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तीन देशमा उडान खुला : चीन, कतार र टर्कीमा सातामा एक दिन उडान हुने


0
Shares

काठमाडौं । सरकारले जेठ १८ गतेदेखि थप तीन देशमा उडान खोल्ने निर्णय गरेको छ ।

नेपालसँग नियमित उडान भइरहेका चीन, कतार र टर्कीका लागि सातामा एक दिन नियमित उडान खोल्ने निर्णय गरिएको हो ।

हिजो साँझ बसेको मन्त्रिपरिषद बैठकले जेठ १८ गतेदेखि कतारको राजधानी दोहा, टर्कीको इस्तानबुल र चीनका कुनै पनि स्थानमा दोहोरो अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्रोतले जनाएको छ ।

चार्टर उडानमा वायुसेवा र एजेन्टको मिलेमतोमा यात्रुलाई ठगिने क्रम नरोकिएपछि ३ वटै देशमा सातामा एउटा उडानका लागि खुला गरिएको हो ।

वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाएको सरकारले वैशाख २० गते आन्तरिक र २३ गतेदेखि भारतबाहेक अन्य मुलुकका लागि हुने अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो ।