
फाइल तस्बिर
काठमाडौं । प्रतिनिधि सभा विघटनलगायत विषयमा परेका ३० रिटको सुनुवाइ गर्न प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संवैधानिक इजलास गठन गर्नु भएको छ।
पाँच सदस्यीय संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणासहित दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ हुनुहुन्छ ।
आज संवैधानिक इजलासमा ११ रिटको पहिलो सुनुवाइ हुँदैछ। अरू १९ रिट पनि हिजो प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले गम्भीर संविधानिक व्याख्या गर्नुपर्ने भन्दै यही इजलासमा पठाउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्