१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संकट व्यवस्थापन गर्न सरकार असफल– डा. राम थपलिया


0
Shares

काठमाडौं । संकट व्यवस्थापन विज्ञ डाक्टर राम थपलियाले कोरोना महामारीले निम्त्याएको संकट व्यवस्थापन गर्न सरकार असफल भएको बताउनुभएको छ ।

कोरोना महामारी रोक्न बहुपक्षीय र बहुसरोकारवाला व्यवस्थापन रणनीति अपनाउन नसक्दा आज संक्रमणको जोखिम बढेको उहाँले बताउनुभएको हो ।

राजनीतिक नेतृत्वमा एकदल र एक व्यक्ति हावी हुँदा संकट थप गहिरिँदै गएको समेत डा. थपलियाको जिकिर छ । यो संकट समाधान प्रभावकारी ढङ्गले हुन नसक्दा जनमानस र आर्थिक क्षेत्रमा नकारात्मक असर पर्न थालेको उहाँको भनाइ छ ।

संकट व्यवस्थापनको लागि आवश्यक शासकीय संरचनामा परिवर्तन गर्न नसके नेपालले कोरोना महामारीबाट छुटकारा पाउन अझै केही बर्ष लाग्ने समेत उहाँको ठहर छ ।

संकटको यो अवस्थाले राजनीतिक अस्थिरता र अराजकता निम्त्याउन सक्ने खतरा रहेको पनि उहाँले बताउनुभयो ।