
बर्दिया । जिल्लाको गेरूवामा ट्याक्टर दुर्घटनामा हुँदा चालकको मृत्यु भएको छ ।
भे २ त २०७ नम्बरको ट्याक्टर बिहीबार राति १ बजेतिर गेरूवा–४ गोलामा दुर्घटनामा हुँदा गेरूवा–६ मनाउका २९ वर्षीय खुसीराम थारूको घटनास्थलमै मृत्यु भएको ईलाा प्रहरी कार्यालय पाताभारका प्रहरी निरीक्षक सुरेश सुवेदीले जानकारी दिनुभयो ।
गेरूवा–४ खोल्टीबजार स्थित खेलमैदानमा माटो बोकेर घर फर्कने क्रममा ट्याक्टर दुर्घटनामा परेको हो । ट्याक्टर सडक किनारमा कोल्टे परेको र चालकको रूख र ट्याक्टरको पछाडिको चक्कामा च्यापिएर मृत्यु भएको स्थानीय लक्ष्मीप्रसाद चौधरीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्