१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बालबालिकाहरूलाई यौन दुर्व्यवहार गरेको आरोपमा गुम्बा सञ्चालक पक्राउ


0
Shares

काठमाडौं । कैलालीमा बालबालिकाहरूमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा गुम्बा सञ्चालक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गोदावरी नगरपालिका–२ स्थित अहिंसा बादी विश्वशान्ति धर्म च्रक बौद्ध का सञ्चालक ७० वर्षीय गणेश बहादुर मोक्तान रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

मोक्तानले गुम्बामा रहेका आश्रित बालबालिकाहरूमाथि यौन दुर्व्यवहार गरेको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।