
फाइल तस्वीर
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ४ सय ३० कैदीहरूलाई माफी दिनुभएको छ । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति भण्डारीले ४ सय ३० जना कैदीहरूलाई माफी दिनुभएको हो ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा उनीहरूलाई माफी दिइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । विशेष अवसरमा राष्ट्रपतिले कैदीबन्दीहरूलाई माफ दिने गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्