
काठमाडौं । गायक एवं संगीतकार दीप श्रेष्ठलाई कोभिड–१९ संक्रमण भएको छ ।
स्वास्थ्यमा सामान्य समस्यउा आएपछि अस्पताल भर्ना हुनुभएका श्रेष्ठलाई पीसीआर परीक्षण गर्दा कोभिड–१९ संक्रमण पुष्टि भएको गायक प्रमोद खरेलले जानकारी दिनुभयो ।
श्रेष्ठको अहिले काठमाडौंको हाम्स् अस्पतालमा उपचार भइरहेको छ । श्रेष्ठ द भ्वाइस अफ नेपालका कोचसमेत हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्