
काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले राष्ट्रपतिको भूमिकाले ऐतिहासीक उपलव्धीहरु गणतन्त्र, संघीयता र समावेशीता संकटमा परेको बताउनु भएको छ ।
१४ औं गणतन्त्रको दिवसको अवसरमा शुभकामना दिनुहुँदै उहाँले गणतन्त्र मार्फत जनताको छोराछोरी देशको अभिभावक बनाएपनि संविधानको पालक गणतन्त्रको प्रतिक राष्ट्रपति र कार्यान्वयनको मूल दायित्वमा रहेका प्रधानमन्त्रीको असंवैधानिक कदमले देशलाई अनिश्चयको अँध्यारो सुरूङतर्फ धकेलेको बताउनु भएको छ ।
नेता सिंहले नेपाली जनताको लामो संघषबाट प्राप्त गणतन्त्र र नेपालको संविधानमाथि भईरहेको प्रहार विरुद्ध उत्रन सवैलाई आग्रह गर्नु भएको छ ।
‘हिजो गणतन्त्रका लागि लडेका सबै शक्ति पुनः एकपटक जनताको मतबाट निर्वाचित प्रधानमन्त्रीको स्वेच्छाचारी कदमकाविरूद्द्ध गणतन्त्र, संविधान र संसदको रक्षार्थ राजनीतिक र कानुनी रूपमा प्रतिवादमा उत्रिएकात्रिएका छौं ।’
समाजिक सञ्जालमार्फत शुभकामना दिँदै नेता सिंहले भन्नुभएको छ–‘नेपाली जनता कोरोना महामारीमा रहेका बेला देशको प्राथामीकतामा जनताको जीवन रक्षाको विषय परेन ।’
कोरोना महामरीसँग जुधिरहेका जनताले अक्सिजनको सिलिण्डर खोजिरहेको बेला,अस्पतालमा शैयाको अभावमा छट्पटाइ रहेको समयमा जनताको हातमा मतपत्र थमाउने सरकारको जति निन्दा गरे पनि कम हुने उहाँले उल्लेख गर्नु भएको छ ।
साथै उहाँले महामारीको बेलामा जनताको जीवन बचाउन होइन मत माग्न जाउँ भन्नू कुन मानवीयताले दिनसक्छ रु भन्ने प्रश्न समेत सरकारलाई गर्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस्