१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


झण्डै ३० अर्बको बजेट ल्याउने कर्णाली प्रदेश सरकारकाे तयारी


0
Shares

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७८ / ०७९ मा झण्डै ३० अर्ब बराबरको बजेट ल्याउने तयारी थालेको छ ।

चालु आर्थिक बर्ष २०७७ / ७८ मा झण्डै ३३ अर्ब बजेट ल्याएको कर्णाली प्रदेश सरकारले आगामी आर्थिक बर्षमा भने त्यसैको सेरोफेरोमा रहेर बजेट ल्याउने तयारी थालेको हो ।

अहिले बजेटको बारेमा मन्त्रालयगत रुपमा बजेटमा समेट्नुपर्ने योजनाहरुको विषयमा सबै मन्त्रालयले आ–आफ्नो मन्त्रालयमा छलफल गरिरहेका छन् ।

असार १ गते भित्रै नीति,कर्यक्रम र बजेट ल्याइसक्नुपर्ने प्रावधान अनुसार कर्णालीले पनि तीब्र तयारी थालेको हो । सबै मन्त्रालयहरुले आ–आफ्नो मन्त्रालयबाट समेट्नुपर्ने योजनाहरु अर्थमन्त्रालयमा पठाएपछि अर्थ मन्त्रालयले बजेट निर्माण गर्ने, रातो किताब निकाल्ने तयारी अघि बढाउँछ ।

आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माका अनुसार कुन योजनालाई कसरी बजेट विनियोजन गर्ने भन्नेबारे तिव्र छलफल भईरहेको छ । मन्त्री शर्माले बजेटमा कोरोना नियन्त्रण, स्वास्थ्य र पूर्वधारलाई विशेष प्राथमिकता दिइने बताउनुभयो ।