१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बेनी–जोमसोम सडकखण्ड अवरुद्ध, ठाउँ–ठाउँमा पहिराे


0
Shares

म्याग्दी । तीन दिनदेखिको वर्षाले उत्तरी म्याग्दी हुँदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक ठाउँ–ठाउँमा अवरुद्ध भएको छ ।

लगातारको वर्षासँगै करिब आधादर्जन स्थानमा पहिरोले बाटो अवरुद्ध भएको अन्नपूर्ण गाउँपालिका–३ दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो ।

सडकखण्ड अन्तरगत रघुगंगा गाउँपालिका–१ बैसरी, दानाको रुप्से झरना गुईठेभीर सहित सुकेबगरमा पहिरो खसेको दाना प्रहरी चौकीका इन्चार्ज असई दीपकबहादुर क्षत्रीले बताउनुभयो । अवरुद्ध सडक सञ्चालनका लागि अवरोध पन्छाउने कार्य भइरहेको छ ।

बिहिबारदेखि भएको वर्षाले कालिगण्डकीको सतह बढेसँगै भुरुङ तातोपानी संरक्षणमा प्रयोग भएको उपकरण समेत बगाएको छ । उत्तरी–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर अन्तर्गत बेनी–जोमसोम–कोरला स्तरोन्नति भइरहेको ७६ किलोमिटरको काममा पनि वर्षाले अवरोध पुर्याएको छ ।

पश्चिमी बंगालको खाडीमा विकसित जलवायुको प्रभाव ‘यास’ चक्रवातको असरका कारण बिहीबारदेखि शनिबारसम्म बाढी, पहिरो र उच्च वर्षाको सम्भावना भएकाले सतर्कता अपनाउन अपिल समेत गरिएको छ ।