
तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको कमलबारीमा ग्यास बुलेट र ट्रक ठोक्किँदा राजमार्ग अवरुद्ध भएको छ ।
शनिबार बिहान पौने दश बजे व्यास नगरपालिका–१२ कमलबारीमा भारतीय बुलेट र ट्रक ठोक्किएको थियो ।
भारतीय बुलेटले ग १ ख ७१०७ नम्बरको ट्रकलाई पछाडिबाट ठक्कर दिँदा दुवै सवारी सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।
राजमार्गनै छेकिने गरी ग्यास बुलेट पल्टिएपछि लामो तथा छोटा दुरीका सवारीसाधन तीन घण्टा अघिदेखि रोकिएका छन् । प्रहरीले राजमार्ग सुचारु गराउन क्रेन लगेर खुलाउने प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्