१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गण्तन्त्र दिवसमा धरानमा तरुण दलद्वारा रक्तदान


0
Shares

सुनसरी । नेपाल तरुणदल सुनसरी क्षेत्र नम्बर १ ले सुनसरीको धरानमा रक्तदान गरी १४औं गणतन्त्र दिवस मनाएको छ ।

कोरोना माहामारीकाबीचमा प्रदेश १ का ब्लड बैंकहरूमा रगतको चरम अभाव भइरहेका बेला तरुण दलले बिरामीको उपचारमा सहजताका लागि रक्तदान गरिएको तरुणदलका क्षेत्रिय सभापति सम्पूर्ण ताम्राकारले बताउनुभयो ।

रेडक्रस सुनसरीको कार्यालयमा आयोजना गरिएको रक्तदानमा धरानका ५८ जना तरुण युवाहरूले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रममा तरुणदल सुनसरीका उप–सभापति सन्तोष विकले युवाहरूलाई स्वास्थ्य मापदण्ड पालना गरी रक्तदान स्थलसम्म ल्याउने व्यवस्था मिलाउनुभएको थियो ।

रेडक्रस सुनसरीका सभापति उमेश थापाले रगतको चरम अभाव भइरहेको बेला तरुण दलका कार्यकर्ताले रक्तदान गरी ठूलो सहयोग गरेकामा धन्यवाद दिनुभएको छ । उहाँले अन्य राजनीतिक दल र सामाजिक संघसंस्थाहरूलाई समेत रक्तदान गर्न र बिरामीको उपचारमा सहज बनाइदिन आग्रह आह्वान गर्नुभएको छ ।