
काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेट अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिएको छ ।
मन्त्रिपरिषदको बैठकले अर्थमन्त्री विष्णु पौडेलले पेस गरेको बजेटलाई स्वीकृत गरी ३ वटा अध्यादेश राष्ट्रपतिसमक्ष पठाइएको हाे ।
राष्ट्रपतिबाट अध्यादेश जारी भएपछि बजेट प्रस्तुत हुनेछ । दिउँसो ४ बजे अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ। बजेटको आकार १६ खर्ब हाराहारी हुने अनुमान छ।
मूलतः कोभिड–१९ संक्रमण नियन्त्रण र आर्थिक पुनरुत्थानमा केन्द्रित रहेर सरकारले शनिबार सिंहदरबारबाट बजेट सार्वजनिक गर्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस्