
काठमाडौं । सरकारले पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क उपचार दिने भएको छ ।
आर्थिक वर्ष २०७८/७९ को आयव्यय विवरण सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचारको व्यवस्था गर्ने घोषणा गर्नुभएको हो ।
पौडेलले भन्नुभयो, ‘नेपाल पत्रकार महासंका सदस्य रहेका पत्रकारलाई प्रेस काउन्सिलले जारी गरेको उपचार सुविधा परिचयपत्रको आधारमा देशभरका सरकारी अस्पतालमा निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाएको छु ।’
प्रतिक्रिया दिनुहोस्