१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


संघ सरकार संघीयताप्रति अझै उदार हुन सकेन : मुख्यमन्त्री गुरुङ


0
Shares

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघ सरकारले ल्याएको बजेट प्रदेश र स्थानीय तहलाई केही रकम बढाउने कुरा आए पनि संघीयताको कार्यान्वयनमा सकारात्मक नदेखिएको बताउनु भएको छ ।

बजेट भाषणलगत्तै ईमेज च्यानललाई प्रतिक्रिया दिँदै उहाँले अनुदान बढाइएको भएपनि संघ सरकार संघीयताप्रति अझै उदार हुन नसकेको बताउनुभयो ।

मुख्यमन्त्री सुब्बाले पहिला ससानो रकम विनियोजन हुने गरेकोमा अहिले भने पूर्वाधार निर्माण र विकासप्रति सरकार संवेदनशील छ भन्ने प्रमाणित भएको बताउनुभयो ।

कोभिड नियन्त्रणका लागि सरकारबाट आएको कार्यक्रम निकै स्वागत योग्य रहेको बताउनुभयो । उहाँले ‘बजेट विनियोजन र कार्यान्वयनको पाटोमा ध्यान दिइएन भने अप्ठेरो पर्न सक्ने बताउनुभयो ।