२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


कांग्रेसले १६ जिल्लाका क्रियाशील र नवीकरण गरिएका सदस्यको विवरण वेवसाइटमार्फत् सार्वजनिक गर्‍यो


0
Shares

काठमाडौं । नेपाली कांग्रेसले थप १६ जिल्लाका क्रियाशील र नवीकरण गरिएका सदस्यको विवरण सार्वजनिक गरेको छ । कांग्रेसले वेवसाइट मार्फत् सदस्यहरुको विवरण सार्वजनिक गरेको हो ।

यसअघि कांग्रेसले ४५ जिल्लाका ८० स्थानबाट अपलोड भएका क्रियाशील सदस्यताको विवरण वेवसाइटबाट सार्वजनिक गरिएको थियो । केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिका सचिव केशव रिजालका अनुसार पार्टीको वेवसाइट मार्फत www.nepalicongress.org क्रियाशीलको विवरण सार्वजनिक भएको हो ।

सबै जिल्लामा क्रियाशील सदस्यता वितरण नसकिँदा पार्टीका तल्ला तहमा आउनै लागेको अधिवेशन प्रभावित हुने देखिएको छ ।