१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोरोना महामारीमा छाक टार्नै मुश्किल


0
Shares

सलार्ही । पछिल्लो समय कोरोना भाइरस बढेसँगै दैनिक काम गरेर खाने ब्यक्तिहरुको रोजगारि गुमेको छ । यसरी रोजगारी गुम्दा घर चलाउनै गाह्रो भएको मज्दुरहरु बताउँछन ।

रोजगारि गुमेपछि बिहान खाए बेलुका के खाने तथा बेलुका खाए बिहान के पकाउने भने चिन्तामा परेको समूदायका मानीसहरुले गुनासो गरेका छन ।

पछिल्लो समय पसल, हार्डवयरमा काम गर्ने भरिया, सिकर्मी तथा डकर्मी , कवाढ सामान खोजेर जीबिकोपार्जन गर्ने व्यती , ठेला गाडामा सामान बेच्ने कम आय भएका व्यक्ति , यातायात क्षेत्रमा काम र्गदै आएका यातायात मज्दुर तथा कतिपय उधोगमा काम गर्ने मजदुर समेतको रोजगारी गुमेको छ ।

यसरी रोजगारी गुमाएकाहरु अहिले राहतको पर्खाइमा छन । कामचलेको बेला आफ्नै पाखुरी बजाएर खाएको भए पनि अहिले रोजगारी गुमेको बेला सरकारले हेर्नुपर्ने उनीहरुको भनाइ छ ।