२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


छिटो खोपको सुनिश्चितता गर्न गाउँपालिका राष्ट्रिय महासंघको आग्रह


0
Shares

काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघ नेपालले सबै नागरिकलाई जतिसकदो छिटो खोपको सुनिश्चितता गर्न, खोप आयातमा सबै प्रकारका उपायहरु अवलम्बन गर्न सरकारसँग आग्रह गरेको छ ।

महासंघले प्रेस विज्ञप्ति जारी गर्दै त्यस्तो आग्रह गरेको हो । महासंघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउन चाहने नागरिकले अनलाइन आवेदन गर्ने व्यवस्था गरेको भएपनि ग्रामीण क्षेत्रका नागरिकको लागि या अनलाइन आवेदन प्रणाली अव्यवहारिक भएको जनाएको छ ।

त्यसैगरि गोरखाको बारपाक जस्तो दुर्गम र घना बस्तीमा समेत कोरोना संक्रमण फैलिएको छ । दुर्गम क्षेत्रका संक्रमितहरुलाई स्थलमार्गबाट सुविधायुक्त अस्पतालमा ल्याउन बाटोको असुविधा र धेरै समय लाग्ने भई संक्रमितको बाटोमा नै मृत्यु हुने क्रम बढ्न थालेको विज्ञप्तिमा उल्लेख । महासंघले दुर्गम क्षेत्रको लागि निश्चित मापदण्ड बनाई जोखिममा रहेका संक्रमितहरुलाई हवाई माध्यमबाट उद्दार गरी उपचारको व्यवस्था मिलाउन समेत आग्रह गरेको छ ।

त्यस्तै सरकारले परिभाषित र क्षमताभित्र पर्ने जिम्मेवारीअनुसारका दायित्व प्रभावकारी रुपमा निर्वाह गरी कोरोना महामारीबाट पार पाउन प्रभावकारी समन्वयको लागि तीन तहकै सरकारलाई आग्रह गरेको छ ।