
काठमाडौं । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले कांग्रेसले एमाले र जसपा विभाजन गराउन लागेको भन्ने संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भानुभक्त ढकालको आरोप निराधार रहेको बताउनुभएको छ ।
नेता रिजालले नेकपा(एमाले)भित्र झगडाको बिउ आफूहरूले लगाएको नभइ प्रधानमन्त्री केपी शर्मा ओलीको अहंकार र सबैलाई पेल्ने प्रवृतिका कारण विवाद उत्पन्न भएको बताउनुभएको हो ।
सरकारका विरुद्ध कांग्रेसले अविश्वासको प्रस्ताव ल्याउनुपर्ने आम मागकाबीच पनि सरकारविरुद्ध अविश्वास प्रस्ताव नल्याई आफैँ आलोचित हुँदा सम्म पनि कांग्रेस चुप लागेर बसेको उल्लेख गर्नुभयो । उहाँले अहिले भने देश र जनताको बृहत्तर सार्थ र हितलाई ध्यान दिदैँ प्रधानमन्त्रीका लागि विकल्प प्रस्तुत गरेको जिकिर गर्नुभयो ।
बताउनुभयो । उहाँले भन्नुभयो – ‘यो निराधार आरोप हो । नेकपा व्यवस्थापन गर्न सक्नुभएन प्रधानमन्त्रीले । उहाँको अहंकार र सबैलाई पेल्ने प्रवृतिका कारण पार्टी फुटको संघारमा पुग्दा पनि हामी संयमित भयौं ।’
कांग्रेस कसैको पनि झगडामा नपरेको र कसैलाई उत्प्रेरित नगरेको नेता रिजालको भनाइ छ । ‘दोस्रो पटक प्रधानमन्त्रीले प्रतिनिधि सभालाई विघटन गर्ने प्रपञ्च नगर्दासम्म हामीले उहाँहरूले समर्थन छ भन्दाभन्दै पनि आफैँ चुप लागेर बस्यौँ,’ उहाँले भन्नुभयो, ‘अहिले देश र जनताको बृहत्तर स्वार्थ र हितका लागि हामीले उहाँहरूसँग साथ लिएर विकल्प प्रस्तुत गर्न आवश्यक भएकाले विकल्प प्रस्तुत गर्यौं ।’
सोमबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री भानुभक्त ढकालले एमाले र जसपालाई विभाजन गराउनका लागि नेपाली कांग्रेसले प्रधानमन्त्रीमा दाबी गरेको आराेप लगाउनुभएकाे थियाे । मन्त्रीको सोही प्रतिक्रियाप्रति टिप्पणी गर्दै कांग्रेस नेता रिजालले कांग्रेसको प्रधानमन्त्रीमा दावी कसैलाई फुटाउनको निम्ति नभएको स्पष्ट पार्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्