
काठमाडौं । काठमाडौं सिनामंगलकी ९३ वर्षीया सुशीला भुजेल कोरोना जितेर घर फर्किनुभएको छ ।
स्वास्थ्यमा सामान्य समस्या देखिएपछि गत वैशाख २४ गते पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिनुभएका उहाँ ‘युथ फर नेशन’ले ठमेलमा सञ्चालन गरेको आइसोलेसन सेन्टरमा बस्नुभएको थियो ।
२४ दिनपछि आइतबार परीक्षण गर्दा उहाँको कोरोना रिपोर्ट नेगेटिभ आएको हो । संक्रमणका कारण आफूलाई ठूलो समस्या नदेखिएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘९३ वर्षको मान्छेलाई के को डर ? कोरोना भन्छन्, के भन्छन् । म त लग्दे हुन्थ्यो फुत्त जरो स्वरो केही आएर भन्छु । खोई ?’
युथ फर नेशनले कोरोना संक्रमितलाई चिकित्सकहरूको निगरानीमा आइसोलेसनमा राख्दै आएको छ । हाल सो आइसोलेसनमा २० जना संक्रमित रहेको युथ फर नेशनका संयोजक लेनिन बिष्टले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्