
काठमाडौं । नेकपा एमाले स्थायी कमिटि बैठक आज विहान ११ बजे बस्दैछ । यसअघि दुई पटक बाेलाइएकाे बैठक स्थगित भएपछि आज प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बस्न लागेको कार्यालय सचिव शेरवहादुरतामाङ्ले जानकारी दिनुभयो ।
हिजो प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बोलाइएको बैठक स्थगीत भएपपिछ आजका लागि बैठक बोलाइएको थियो । यसअघि आफ्ना सांसदलाई कारवाही गर्ने विषयमा छलफल गर्न आइतबार साँझ ५ बजेलाई बैठक पनि स्थगित भएको थियो ।
तामाङ्गका अनुसार बैठकमा अध्यादेशबाट ल्याएको बजेटको समीक्षा र देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने १२ सांसदसँग मागिएको स्पष्टीकरणका सन्दर्भमा थप कारवाहीको प्रक्रिया अगाडी बढाउने तयारी भैरहेको छ । यस्तै कोभिड संक्रमणको विषय तथा आगामी रणनीतिको विषयमा पनि छलफल हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्