
काठमाडौं । नेकपा एमालेका नेता एंव अर्थशास्त्री डाक्टर गोविन्दबहादुर थापाको कोरोना संक्रमणका कारण निधन भएको छ ।
उहाँको केही दिनदेखि गंगालाल अस्पतालमा उपचार भइरहेको थियो । नेता थापाको आज बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
एमालेको अर्थ तथा योजना विभाग सचिव रहेका थापाले तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीको आर्थिक सल्लाहकार भएर काम गर्नुभएको थियो ।
यस्तै थापाले राष्ट्रबैंको कार्यकारी निर्दैशक र एसियाली विकास बैंकका नेपालका प्रतिनिधि भएर पनि काम गर्नुभएको थियो । थापाको निधनप्रति पार्टीले शोक व्यक्त गरेका छ ।
प्रतिक्रिया दिनुहोस्