
काठमाडौं । सरकारले भारतसँग जिटुजी अर्थात सरकार–सरकारबीचको सम्झौताबाट रासायनिक मल खरिद गर्ने भएको छ ।
हिजो साँझ बसेको मन्त्रिपरिषद् बैठकले किसानको समस्यालाई निराकरण गर्नेगरी जीटुजी माध्यमबाट पाँच वर्षका लागि मल खरिद प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।
सुरुमा एक लाख मेट्रिक टन युरिया लगायतका मल खरिद गर्ने गरी सम्झौता गर्ने तयारी भएको एक मन्त्रीले जानकारी दिनुभयाे । यस्तै मन्त्रिपरिषद्ले स्वास्थ्यकर्मी लक्षित अध्यादेश ल्याउने भएको छ ।
स्वास्थ्यकर्मीहरूको सेवा, सुविधा, सुरक्षालगायतका चासो सम्बोधन गर्ने गरी आजै अध्यादेश जारी हुने संभावना रहेको छ ।
प्रतिक्रिया दिनुहोस्