१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सिडिओको बैठक बस्दै : निषेधाज्ञा २० गते देखि केही खुकुलो हुने


0
Shares

काठमाडौं । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न जारी गरिएको निषेधज्ञा २० गते देखि खुकुलो हुने भएको छ ।

कोरेना संक्रमितको संख्या घटेको , उपचारका लागि बेड पाउने समस्या मा पनि कमी आएको तथा अक्सिजन अभावमा केही कमी आएको बताउदै प्रमुख जिल्ला अधिकारी ९सिडिओ० ले निश्कर्ष निकालेसँगै निषेधाज्ञा खुकुलो हुने भएको हो ।

निषेधाज्ञाबारे थप निर्णय गर्न आज साँझ ४ बजे काठमाडौं, भक्तपुर र ललितपुरका सिडिओको बैठक बस्दैछ ।  निषेधाज्ञा अहिलेको भन्दा खुकुलो हुनसक्ने जिल्ला अधिकारीहरुले बताएका छन् । उनीहरुकाअनुसार निषेधाज्ञा पहिलेको तुलनामा केही सरल हुनेछ ।

एक दिन बिराएर पसल खोल्न दिन सकिने, केही सवारी साधन चल्न दिन सकिने लगायतका विकल्पमा छलफल भइरहेको बताईएको छ।

काठमाडौं उपत्यकाका तीन वटै जिल्लामा १६ वैशाखदेखि निषेधाज्ञा जारी छ। मनाङ र खोटाङ बाहेक देशभरीका सबै जिल्लामा कोभिड–१९ लक्षित निषेधाज्ञा जारी छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म काठमाडौंमा १४ हजार ७९५, ललितपुरमा ६ हजार ३९१ र भक्तपुरमा ४ हजार ४०९ जना सक्रिय संक्रमित छन्।