
काठमाडौं । सरकार र थारु कल्याणकारिणी सभाबीच ६ बुँदे सहमति भएको छ । सरकारको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको वार्ता टोली र सभाको तर्फबाट थरुहट/थारुवान संयुक्त संघर्ष समितिका तर्फबाट गठन भएको वार्ता टोलीबीच ६ बुँदे सहमति भएको हो ।
सहमतिमा थरुहट/थारुवान आान्दोलनका क्रममा टीकापुरमा भएको घटनामा आरोपित रेशम चौधरी, धनीराम चौधरी, लक्ष्मण थारु लगायतमाथि लगाइएको सम्पूर्ण मुद्दा फिर्ता र रिहाइका लागि संविधान र कानुसम्मत पहल गर्ने उल्लेख गरिएको छ ।
यस्तै, आन्दोलनका क्रममा मृत्यु भएकाहरूको परिवारलाई राहत एवं घाइतेहरूको उपचार र क्षति भएका विभिन्न धनजनको क्षतिपूर्ति दिने, प्राथमिक तहसम्म थारु भाषामा पठनपाठनको व्यवस्था गर्ने, थारुहरूलाई राज्यको हरेक तह र तप्कामा आरक्षणको व्यवस्था गर्ने, थारुहरूको विभिन्न समयमा उठाएका माग र भएका सहमतिलाई संविधान संशोधनको क्रममा छलफल गरी उपयुक्त निर्णय लिने सहमति भएको छ ।


प्रतिक्रिया दिनुहोस्