
डम्मर बुढा मगर
बागलुङ । चट्याङ लागेर जिल्लामा एक बालकको मृत्यु भएको छ ।
बडिगाड गाउँपालिका–५ का १२ वर्षीय सुवास पेमीको मृत्यु भएको स्थानीय राजन पाइजाले जानकारी दिनुभयो । चट्याङ लागेर गम्भीर भएका पेमीको उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको उहाँले बताउनुभयो ।
ठूलो पानी परको र छाता ओढेर बाहिर निस्केको अवस्थामा उनलाई चट्याङ लागेको पाइजाको भनाइ छ । विद्युत् मिटर बक्सको नजिक रहेका पेमीको चट्याङले शरीर जलेको छ ।
त्यस्तै वडा नम्बर ४ मा चट्याङ लागेकार ११ वर्षीया बालिका सृष्टि राकसकोटी घाइते भएकी छन् । चट्याङले स्थानीय प्रेम राकसकोटीको दुई घरमा आंशिक क्षति पुगेको पाइजाले बताउनुभयो ।
राकसकोटीको घरका लत्ताकपडा, खाद्यान्न लगायतका सामग्रीहरू जलेर नष्ट भएको उहाँको भनाइ छ छ । मृतक बालकको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस्