
म्याग्दी । ९६ वर्षीया वृद्धा गाउँकै अस्पतालमा उपचार गरेर कोभिडमुक्त हुनुभएको छ ।
रघुगंगा गाउँपालिका–४ दग्नामस्थित कान्छीगाउँ घर भएकी इनरुपीदेवी पुन गाउँपालिकाकै कोरोना अस्पतालमा उपचारपछि संक्रमणमुक्त हुनुभएको हो ।
एक साताको उपचारपछि पुनको स्वास्थ्यमा सुधार आएको र कोरोना संक्रमण मुक्त भएपछि घर पठाइएको रघुगंगा गाउँपालिकाको कोभिड–१९ अस्पतालका डाक्टर सन्तोषप्रसाद बोहराले जानकारी दिनुभयो ।
कोरोना जितेर निको भएपछि पुनलाई गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले फूल र रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि दिएर अस्पतालबाट बिदाइ गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्